Wednesday, May 13, 2026

जलेश्वरमा मोटरसाइकल दुर्घटना: दुई जना घाइते, एकको अवस्था गम्भीर :-

ताजा / भरखरै प्राप्त

महोत्तरी जिल्लाको जलेश्वर-जनकपुर सडक खण्डमा आज,शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ स्थित प्रकौली ब्यारेक अगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको स्थानीयहरु बताउँछन् ।
​जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको म.प्र. ०२–००८ प ४२३५ नम्बरको एनएस पल्सर मोटरसाइकल आज,बिहान सडकमा आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ ।

​दुर्घटनामा जलेश्वर नगरपालिका–११ लोचना बस्ने २० वर्षीय चालक मकसुद नदाफ र सोही स्थानका १९ वर्षीय मोफिद रायन घाइते भएका छन् । प्रहरीका अनुसार चालक नदाफको कान, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ, र उनको अवस्था मध्यम रहेको प्रहरीले बताउँछन् ।
मोटरसाइकलको पछाडि सवार रायनको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ ।


​घाइतेहरूलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् दुवै जनालाई थप उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल पठाइएको जनाइएको छ ।
दुर्घटनामा परेको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय जलेश्वरले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles