मोरङ्ग जिल्लाको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बैशाख २७ गते राती २० लाख भार-तीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी मोरङले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए ।

उक्त झोलाबाट ५०० दरका ४० बण्डल २० लाख बराबरको भारतीय रुपियाँ बरामद भएको हो ।बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी मोरङले जनाएको छ ।


