नेपाल प्रहरीको १६ वर्षे पेन्सनको प्रस्ताव: प्रहरी कर्मचारीहरुमा उत्साह, संगठन प्रमुख कार्कीको ऐतिहासिक पहलमा हुनेभएको जनाइएको छ ।
नेपाल प्रहरीका तमाम कर्मचारीहरूको लामो समयदेखिको प्रतिक्षा र न्यायोचित मागलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले १६ वर्षे निवृत्तिभरण (पेन्सन) को नीतिगत, कानुनी तथा संगठनात्मक सुधारको प्रस्ताव अघि बढाउनुभएको जनाइएको छ । संगठनको यो कदमले सिंगो प्रहरी परिवारमा खुसीयाली छाएको देखिन्छ । नेतृत्वको अभिभावकीय भूमिका प्रहरी प्रहरी प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको यो निर्णयलाई राष्ट्रसेवक प्रहरी कर्मचारीहरूले ‘ऐतिहासिक र उदाहरणीय’ कार्यका रूपमा लिएका छन् । अहोरात्र खटिने प्रहरी कर्मचारीहरूको मर्म र भावनालाई आत्मसाथ गर्दै संगठन प्रमुखले देखाउनुभएको यो तत्परताले उहाँको कमाण्डसिप र अभिभावकत्वको उच्च प्रशंसा भइरहेको छ। कर्मचारीहरूले उहाँलाई एक ‘काबिल’ नेतृत्वको संज्ञा दिँदै संगठनको हितमा निर्भीक निर्णय लिन सक्ने दूरदर्शी प्रमुखको रूपमा सम्मान व्यक्त गरेका छन्।
उच्च मनोबल र थप ऊर्जा १६ वर्षे पेन्सनको यो प्रक्रिया अगाडि बढेसँगै देश र जनताको सेवामा समर्पित प्रहरी जवानदेखि अधिकृतसम्मको मनोबल उच्च भएको छ। यो सुधारले प्रहरी कर्मचारीको भविष्यमाथि विश्वास बढाउनुका साथै सेवाप्रति थप उत्प्रेरित गर्ने विश्वास लिइएको छ। कर्मचारीहरूले लामो समयदेखिको यो मागलाई आईजिपी ज्यूले गम्भीरतापूर्वक लिएकोमा हार्दिक आभारसमेत व्यक्त गरेका छन्।
अबको अपेक्षा नयाँ सरकारसँग प्रहरी कर्मचारीहरूले यो प्रस्तावलाई अविलम्ब स्वीकृत गरी कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन्। राष्ट्रसेवकहरूको त्याग, समर्पण र कठिन कार्यक्षेत्रको मूल्याङ्कन गर्दै सरकारले यसलाई छिटोभन्दा छिटो मूर्तरूप दिनेछ भन्नेमा प्रहरी परिवार पूर्ण विश्वस्त छ।
यो सुधारले नेपाल प्रहरीको संगठनात्मक संरचनालाई थप मजबुत र समयानुकूल बनाउने प्रहरीले अपेक्षा गरिएका छन् ।


