नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको सोमबारको निर्णयानुसार उनीहरुको सरुवा र काज गरिएको हो । सरुवा हुनेमा अजय केसी, अनुपम शमशेर जबरा, कमल थापा, कृष्ण प्रसाद कोइराला लगायतका रहेका छन् ।


एसएसपी दिलिप घिमिरेको जिल्ला प्रहरी परिसर काठमाडौं सरुवा भएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा तुल बहादुर कार्कीको सरुवा गरिएको छ ।


ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।


