इलाका प्रहरी पोखरीया पर्साले पर्सा जिल्लाका सखुवा प्रसौनी गाउँपालिकाबाट अवैध रूपमा ओसारपसार भइरहेको १० वटा भैँसीका पाडोसहित एउटा बोलेरो गाडी र तीन जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको विशेष टोलीले,सखुवा प्रसौनी गाउँपालिका–६ स्थित लखनपुर चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको स्थानीयको भनाईं रहेको छ ।
प्रहरीको चेकजाँचमा पक्राउका प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो रोकेको थियो।
जाँचका क्रममा गाडीमा कुनै बिलबिजक तथा आवश्यक कागजात बिना ल्याइँदै गरिएका १० वटा भैंसीका पाडा फेला परेपछि प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा पर्नेहरूमा बोलेरो चालक विजय शर्मा (वर्ष ३५), पर्साको कालिकामाई गाउँपालिका–५ निवासी हुन , साथै धोबिनी गाउँपालिका–३ का बिकरमा राउत कुर्मी (वर्ष ६१) र धोबिनी गाउँपालिका–५ का होडा देवान (वर्ष ५५) रहेका छन् । प्रहरीले नियन्त्रणमा लिइएका भैंसीका पाडो, बोलेरो गाडी तथा सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि पर्साका बिरगञज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा अवैध पशु चौपाया ओसारपसार तथा भन्सार छलिका गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र चेकजाँचमा थप कडाइ गरेको प्रहरी निरीक्षक पाैडेलले जनाएका छन् ।


