पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रण लिएर नष्ट गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ । उक्त टोलीले करिब रु.७,४०,०००।– (सात लाख चालिस हजार) बराबरका ७४ कार्टुनमा रहेका ७,४०० गोटा ब्रोइलर कुखुराका चल्लासहित बिन्दबासिनी गाउँपालिका–४, अमरपट्टी निवासी अन्दाजी वर्ष ४२ का उमेश मुखियालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको र मुखियालाई आवश्यक कारबाहीका लागि पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ, र पशु स्वास्थ्य तथा क्वारेन्टाइनसम्बन्धी प्रचलित व्यवस्था बमोजिम नेपाल प्रहरी, स्थानीय सञ्चारकर्मी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सामा उक्त चल्लाहरू नष्ट गरिएको,शसस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी
मोहनराज निरौलाले जानकारी दिएका छन्।


