Saturday, June 13, 2026

प्रहरीद्वारा बिउ बरामद व्यवसायी माथि प्रहरीको दमन:स्थानीयको,आरोप

ताजा / भरखरै प्राप्त

फर्सीको बिउ राैतहट प्रहरीद्वारा बरामद: प्रकरण
प्रहरी कारबाहीमाथि स्थानीयहरुको प्रश्न,
व्यवसायीमाथि प्रहरीको दमन भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
राैतहट प्रहरीले ९० लाखभन्दा बढीको फर्सीको बिउ बरामद, गरेको छ । अवरोधपछि अश्रुग्यास प्रहार प्रहरीले गोली चलायो, ६ जना घाइते भएको राैतहटका स्थानीयहरुले बताउँछन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ९० लाख रुपैयाँ भन्दा बढी मूल्यको बराबरको फर्सीको बिउ गोदाममा राखिएको राैतट प्रहरीले बरामद गरेको छ । बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको समान बरामद परेको राैतहट प्रहरीले बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोल क्षेत्रमा छापा मारेको थियो। सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा फर्सीको बिउ फेला परेको हो।
प्रहरीले ३२२ बोरा फर्सीको बिउ बरामद गरेको राैतहट प्रहरीले जनाएको छ । बरामद बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको छ, भने यसको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको बताइएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको राैतहट प्रहरीले जनाएको छ।
बरामद सामग्री नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिहरूले अवरोध गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए प्रहरीको भनाईं रहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
घटनामा ढुंगामुढाबाट तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुखको भनाईं रहेको छ ।
यसअघि पनि करिब एक महिनाअघि नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको करिब ७० लाख रुपैयाँ बराबरको फर्सीको बिउ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतको बिहार घोडासहन क्षेत्रबाट बरामद गरेको थियो।
सुरक्षा निकायका अनुसार बाराका विभिन्न चोर नाकामार्फत चिनियाँ जातको फर्सीको बिउ भारतका विभिन्न प्रान्तमा तस्करी हुने गरेको बताइएको छ। पछिल्लो समय भारतमा फर्सीको बिउलाई स्वास्थ्यकर खाद्य तथा डाइटका रूपमा प्रयोग गर्ने क्रम बढेसँगै यसको माग उच्च रहेको जानकारहरु बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles