२०८३, जेष्ठ २९ गते,आज “प्रदेश स्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३”को धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका-६ दशरथत होटल मिथिलाको यात्री निवास जनकपुरधाम मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय फकिरा महतोको प्रमुख आतिथ्यता एवं विशिष्ट अथिति उच्च अदालत जनकपुरधामका माननीय मुख्य न्यायाधीश टेक नारायण कुवँर ,

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशिल सिंह राठौर , मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलिया , नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द राज मरासीनी, मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरधाम राजबिराज, सप्तरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जन, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकाल, धनुषा जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ता पदम प्रसाद वस्ती तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी प्रमुख,

(एसपी) जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख (एसपी) नेपाल प्रहरी विशेष सुरक्षा ढल्केवर धनुषाका गण प्रहरी प्रमुख,(एसपी) मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका प्रमुख,(एसपी) मधेश प्रदेश अन्तर्गत मुद्दा चल्ने सम्पुर्ण प्रहरी इकाईका प्रमुख, अपराध अनुसन्धान शाखाका प्रमुखहरु, नेपाल राष्ट्र बैंक, जनकपुरधाम कार्यालयलगायतका प्रहरी कर्मचारीहरु तथा संचारकर्मीहरु सहितको २०२ जनाको सहभागिता रहेको थियो । सो,कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय फकिरा महतोद्वारा गमलामा पानी सिंचित गरी कार्यक्रम समुद्घाटन सम्पन्न भएको थियो जनाइएको छ ।

मधेश प्रदेशका अपराध अनुसन्धानको अवस्था, अपराध अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा र कानूनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न, अनुसन्धानको प्रभावकारिता अभिबृद्धिका लागि अनुसन्धानकर्ताहरू बिचमा समन्वयको विकास गर्न, अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरूलाई सम्बोधन गर्नका लागि साझा धारणा विकास गर्न, अनुसन्धान सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनमा एकरुपता कायम गर्न तथा प्रस्तावित अनुसन्धान तथा अभियोजनका विषयहरुमा केन्द्रित रहेको जनाइएको थियो । उक्त कार्यक्रममा मधेश प्रदेशमा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने रणनीति समेत तय गर्ने गरी अन्तरक्रियात्मक छलफल भएको बताइएको छ ।

सो,
कार्यक्रम प्रमुख अतिथि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय फकिरा महतो, उच्च अदालत जनकपुरधामधामका माननीय मुख्य न्यायाधीश टेक नारायण कुवँर , नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशिल सिंह राठौरले मन्तव्य दिनु भएका थिए । उक्त कार्यक्रमको अन्त्यमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाद्वारा धन्यवाद ज्ञापन दिनु भए पश्चात कार्यक्रम समापन भएको मधेस प्रदेशका प्रहरीले जनाएका छन् ।


