Wednesday, June 17, 2026

मधेस प्रदेशमा डिआईजी थपलियाको ८ महिने शानदार एतिहासिक कार्यकाल सम्पन्न

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशमा पटकपटक काज,सरुवा मिलाएरआउने विवादित घुमुवाहरु डीआईजी गोविन्द थपलियाको कारबाहीमा परेका छन् ।

मधेश प्रदेशमा डिआईजि गोबिन्द थपलियाको आठ महिने शानदार तथा ऐतिहासिक कार्यकाल सम्पन्न,गरेका छन् । डिआईजि गोबिन्द थपलियाका अनुसार आफु कति समय कार्यरत रहे भन्दा पनि आफ्नो कार्यकालमा मधेश प्रदेश प्रहरी प्रशासनमा सुधार तथा समग्र सुरक्षा ब्यवस्थापन, नागरिक अपेक्षा बमोजिम प्रहरी सेवा प्रवाहमा सुधार र शुसासन कायम गर्ने सन्दर्भमा आफुबाट के कस्ता पहल तथा योगदान गर्न सकियो भन्ने कुरालाई महत्व दिएको भनी बताएका छन् । मधेश प्रहरीमा बर्षौ देखि बिबादित घुमुवा प्रहरी बिरूद्ध स्विप अपरेशन संचालन देखि बिचौलियालाई सफाया गर्ने सन्दर्भमा महत्वपूर्क्ष उपलब्धी हासिल गरेको बुझिएको छ । यद्यपि बिचबिचमा केही बिवादित रूष्ठ प्रहरी तथा बिचौलियाहरूले उनि बिरूद्ध झुठ्ठ प्रचारबाजि गरी बिवादमा ल्याउन नखोजेका भने होईन । असत्य टिक्दैन र सत्य कहिल्यै झुक्दैन भन्ने दृढ बिश्वासका ब्यक्तित्वको रूपमा समाजमा चिनीएका डिआईजि गोबिन्द थपलियाको सामु कसैको झुठ्ठा हथकण्डाको केही लागेन । मधेश प्रदेश राम्ररी बुझेका डिआईजि गोबिन्द थपलियाले मधेश प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो कार्यभार शुरू देखिनै नेपाल प्रहरीको बिगत दोखि नै बिकृतीको रूपमा रहेको घुमुवा प्रहरीलाई सुधारको अभियान शुरू गरेका थिए, जस्मा पटक पटक मधेश प्रदेशमा काज तथा सरूवा भई आएका र एक बर्ष भन्दा लामो समय देखि घुमुवा प्रहरीको रूपमा काम गरेका बिवादित प्रहरी कर्मचारीहरूलाई छानविन गरी तत्कालको जिम्मेवारीबाट हटाई अन्यत्र जिल्ला वा प्रदेश बाहिर दरबन्दिमा खटउन शुरू गरेका थिए, जुन कुरा तस्कर र विचौलियासंग सांठगांठ गरी लामो समय देखि मधेश प्रदेशमा हालिमुहाली गरी बसेका प्रहरी कर्मचारीका लागि बाधक बनेको थियो । समय समयमा उनको बिरूद्धमा अनर्गल मेडियाबाजी समेत नभएको भने होईन ।
उक्त अभियान अन्तर्गत जवान देखि प्रहरी उपरीक्षक सम्म अन्दाजी २५० प्रहरी कर्मचारीहरू मधेश प्रदेशबाट जिम्मेवारीबाट हटाई कारबाही स्वरूप प्रदेशबाट बाहिरीएका छन् । उनका अनुसार यो एउटा शुरूआति पहल मात्र हो, मधेश प्रदेश प्रहरीमा सुधारका लागि अझै धेरै कामहरू बांकि छन् ।सेयामसुन् तपाईलाई पनि तस्करसंग साठगांठको आरोप लागेको छ नि त भन्दा उहाको जवाफ थियो कि मधेशमा घुमुवा प्रहरीको रजगज बिगत बर्षौ देखि जगडिएको समश्या थियो, यो एउटा कचमचिएको पिलो जस्तै घाउ थियो। यसरी बिग्रेको पिलो घाउ निचोर्दा अलि अलि छिटा पर्नु कुनै नौलो कुरा होईन । समाजले वास्तविकता मुल्यांकन गरी ब्यवहार गर्ने कुरा हो । कुनै सामाजिक संजालमा प्रसारित बिचौलिया वा स्वार्थ समुहको वहकावमा लाग्ने हो या सत्य तथ्य र प्रमाणको आधारमा बोल्ने हो यो नागरिकको निर्णय अधिकारको कुरा हो । यसमा मेरो थप केही भन्नु छैन।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles