Wednesday, July 1, 2026

घट्यो,पेट्रोल २०,डिजेल, ३०,हवाइ इन्धन ४०, र प्रतिलिटर ग्यासमा सय

ताजा / भरखरै प्राप्त

प्रतिसिलिण्डरमा घट्यो,१००, पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले पनि घट्यो ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ । बुधबार बिहान देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य कायम गरिएको जनाएको छ । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको जनाएको छ । नयाँ मूल्यअनुसार १४.२ केजीको एलपी ग्यास सिलिन्डर अब २ हजार ६० रुपैयाँमा उपलब्ध भएको छ । यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको जनाएको छ । (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि, निगमले नेपालमा पनि मूल्य समायोजन गरेको जनाएको छ ।आईओसीबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको खरिद मूल्य घटेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो। त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १,५६६ अमेरिकी डलर कायम गरिएको जनाएको छ । पोखरा र भैरहवाका लागि भने ‘ब्रेकइभन पोइन्ट’का आधारमा मूल्य निर्धारण गरिएको निगमले जनाएको छ । नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण उपभोक्तालाई राहत दिने उद्देश्यले यो मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles