छिपहरमाई गाउँपालिका का स्थानीयको भनाईं सशस्त्र प्रहरीले बिओपीका लागि रासन दाल,चाउर, नुन, तेल, मसला, पंखा, ल्याउन हुने, र आम नागरिकजरुले ल्याउन रोक लगाउने यो, कहाँ नियम हो, भनेर निरीक्षक माथि आक्रो छन् , किसानले एक बोरा दुई बोरा मल, धानको बीउ ल्याउनु रोक लगाएका छन् । पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका सिकटा- भिस्वा नाकामा सशस्त्र प्रहरी को ज्यादती बढेको स्थानीय को आरोप छ,आम नागरिक भिस्वा सम्म पनि भारती गाडि ल्याउन निषेध गरेको सशस्त्र प्रहरी बिओपी, भिस्वा प्रमुख सशस्त्र प्रहरी निरीक्षक माथि आक्रो पोखेका छन् । स्थानीयहरुको भनाईं कि त सरकारले भिस्वा नाकाको भन्सार चालू गर नत्र आम नागरिकहरुलाई भिस्वा बन्जारी लङडि जान बाध्य भएको बताउँछन्” सम्बन्धित निकायले छिटोभन्दा छिटो ध्यानाकर्षण होस्” स्थानीयले गुनासो गरेको छन् ।

भिस्वा सीमा नाकामा दोहोरो मापदण्ड?
आम सर्वसाधारणले भारतबाट १-२ केजी चिनी ल्याउँदा कारबाही हुने, तर त्यही क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले आफ्नै प्रयोजनका लागि टेबल फ्यान भारतबाट ल्याएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

पर्साका भिस्वा नाकामा खटिएका सशस्त्र प्रहरी बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षकको कार्यशैलीप्रति स्थानीयले असन्तुष्टि जनाएका छन्।
स्थानीयवासीका अनुसार बिओपीका लागि आवश्यक रासन, दाल, चामल, नुन, तेल, मसला, पंखालगायतका सामग्री ल्याउन अनुमति दिइने तर सर्वसाधारणले दैनिक उपभोगका सामग्री तथा किसानले एक–दुई बोरा मल र धानको बीउ ल्याउन खोज्दा रोक लगाइने गरिएको छ। यसले दोहोरो मापदण्ड अपनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन्।

छिपहरमाई गाउँपालिका र धोबिनी गाउँपालिकाका बासिन्दाहरुले भिस्वा नाकाबाट भारतीय सवारीसाधन भिस्वासम्म ल्याउनसमेत रोक लगाइएको आरोप लगाएका छन् । उनीहरूले यस्तो व्यवहारका कारण स्थानीय नागरिकले अनावश्यक सास्ती बेहोर्नुपरेको बताएका छन्।
स्थानीयको भनाइ उद्धृत गर्दै उनीहरूले सरकारसँग भिस्वा नाकामा औपचारिक भन्सार सञ्चालन गर्न, अन्यथा स्थानीय नागरिकको आवतजावत र दैनिक आवश्यकताका सामग्री ल्याउन सहज वातावरण बनाउन माग गरेका छन्। समस्या समाधान नभए नागरिकहरू वैकल्पिक नाका प्रयोग गर्न बाध्य हुने उनीहरूको भनाइ छ।
यस विषयमा सम्बन्धित निकायले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने स्थानीयहरुको माग छ ।


