अनिवार्य अवकास हुनु भएका नेपाल प्रहरी नायब निरीक्षक राझरन प्रसाद यादवलाई प्रहरी उपरीक्षकद्वारा विदाई गरिएको छ ।

पर्सा, वीरगञ्ज
मिति २०८३/०३/२० गतेदेखी अनिवार्य अवकास हुनुभई सेवा निवृत्त हुनु भएका प्रहरी नायब निरीक्षक राझरन प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकज्यूले यस पवित्र संगठनमा ईमान्दार, लगनशिल एवं कर्तव्यनिष्ठ भई दायित्व निर्वाह गरी संगठनमा पुर्याउनु भएको योगदानको कदर स्वरूप मायाको चिनो प्रदान गर्नुका साथै उहाँको सुखमय जीवनको कामनाका साथ विदाई गर्नुभएको छ ।

साथै उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनिय प्रहरी अधिकृत, प्र.ब.ह.-प्र.ज. हरूको समेत उपस्थिति रहेको जनाइएको छ । उहाँको आगामी जीवनयापन सुखमय रहोस्” कामना छ ।


