Sunday, July 26, 2026

पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीद्वारा ठूलो परिणामको लागु औषध गाँजा बरामद भएको छ ।
पर्सा जिल्लाको छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँपको बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको पर्सा प्रहरीको भनाईं रहेको छ ।

प्रहरीले खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट कुनै व्यक्ति भने पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले बताउँछन् ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरस्थित एक आँपको बगैँचाबाट १४० किलो गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल नेपाल (बीओपी) मिर्जापुरको संयुक्त सुरक्षा टोलीले आँपबगैँचामा लुकाइराखेको अवस्थामा १४० किलो गाँजा नियन्त्रणमा लिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles