Sunday, July 26, 2026

सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन:

ताजा / भरखरै प्राप्त

लेनदेन पीडित संघर्ष समिति, पर्साको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले जुलुससहित पर्साका वीरगञ्ज बजारका विभिन्न भागमा परिक्रमा गर्दै सरकारको निर्णयप्रति विरोध जनाएका छन् । पर्सा जिल्ला समन्वय समिति अगाडिबाट सुरु भएको र्‍याली वीरगञ्जको घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागी साहुहरूले मिटरब्याजको नाममा भइरहेको आतंक बन्द गर्न, कानुनबमोजिम गरिएको लगानी फिर्ता पाउने व्यवस्था गर्न, आपसी लेनदेनलाई मिटरब्याजको आरोप नलगाउन, ठगी गर्ने ऋणीहरूसँग गरिएका एकलौटी सम्झौता खारेज गर्न तथा विधिको शासन कायम गर्न माग गरेका छन् ।
त्यस्तै, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न, कानुनसम्मत रूपमा भएका लेनदेनको संरक्षण गर्न, लगानीकर्तालाई एकपक्षीय रूपमा दोषी ठहर नगर्न तथा ‘मिटरब्याजी’ शब्दको दुरुपयोग बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा पाँच वर्षअघि खरिद गरेको घरका कारण आफू अहिले मिटरब्याजीको आरोप खेप्नुपरेको भन्दै एक साहुले आफ्नो पीडा व्यक्त गरे। उनले कानुनबमोजिम गरिएको लेनदेनलाई समेत मिटरब्याजको आरोप लगाएर आफूहरूलाई पीडित बनाइएको गुनासो गरे।
सरकारले मिटरब्याजपीडितसँग गरेको सहमतिको आधारमा लेनदेनसम्बन्धी लिखतलाई अवैध ठहर गर्ने निर्णय गरेको भन्दै समितिले त्यसप्रति आपत्ति जनाएको छ। आर्थिक संकटका बेला आवश्यक परेका व्यक्तिलाई सहयोगस्वरूप रकम उपलब्ध गराई प्रचलित कानुनअनुसार लिखित कागजात तयार गरेर गरिएको लेनदेनलाई एकतर्फी रूपमा अवैध ठहर गर्नु न्यायोचित नभएको समितिको दाबी छ।
समितिले ऋणी र लगानीकर्ता दुवै पक्षको कुरा सुनेर निष्पक्ष छानबिन गर्न, दोषीलाई मात्र कानुनी कारबाही गर्न र निर्दोष लगानीकर्तालाई अनावश्यक रूपमा प्रताडित नगर्न सरकारसँग माग गरेको छ।
आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत समितिले दिएका छन् ।

साहुहरू जिन्दगीभरि कमाएर धनआरजन गरे र राखेको पैसा यदि कसैको छोरीको बिहे जागा खरिद गर्ने बिरामी उपचार गराउन घरायसी कार्य गर्न आपत विपतमा परेको बेलामा आफूले राखेको पैसा दियो भने अनुचित लेनदेन हो। अनि लिने बेलामा सही छाप गरेर लियो अनि दिने बेलामा अनुचित लेनदेन हो के सरकारले बनाएको नियम वडा अध्यक्षको रोहबरमा दिएको रुपैयाँ अनुचित भयो भने किन वडा अध्यक्षको सही कार्यालयको छाप पनि गैर कानुनी भयो के बैंकबाट सावामा लिएको रुपैयाँ अनुचित भएन के निमुखा जनतालाई अरु उचार गराउन छोरीको बिहे गर्न आपत विपत परेको बेलामा कसैले देलान सरकार यस्तो अनुचित लेनदेन भने गरेको निर्णयले त कसैले कसैलाई रुपैयाँ दिन्छ यसमाथि पनि जनता र सरकारलाई ध्यान दिन अति नै सोच्नु जरुरी छ।

लेनदेन पीडित संघर्ष समिति, पर्साको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले जुलुससहित पर्साका वीरगञ्ज बजारका विभिन्न भागमा परिक्रमा गर्दै सरकारको निर्णयप्रति विरोध जनाएका छन् । पर्सा जिल्ला समन्वय समिति अगाडिबाट सुरु भएको र्‍याली वीरगञ्जको घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागी साहुहरूले मिटरब्याजको नाममा भइरहेको आतंक बन्द गर्न, कानुनबमोजिम गरिएको लगानी फिर्ता पाउने व्यवस्था गर्न, आपसी लेनदेनलाई मिटरब्याजको आरोप नलगाउन, ठगी गर्ने ऋणीहरूसँग गरिएका एकलौटी सम्झौता खारेज गर्न तथा विधिको शासन कायम गर्न माग गरेका छन् ।
त्यस्तै, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न, कानुनसम्मत रूपमा भएका लेनदेनको संरक्षण गर्न, लगानीकर्तालाई एकपक्षीय रूपमा दोषी ठहर नगर्न तथा ‘मिटरब्याजी’ शब्दको दुरुपयोग बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा पाँच वर्षअघि खरिद गरेको घरका कारण आफू अहिले मिटरब्याजीको आरोप खेप्नुपरेको भन्दै एक साहुले आफ्नो पीडा व्यक्त गरे। उनले कानुनबमोजिम गरिएको लेनदेनलाई समेत मिटरब्याजको आरोप लगाएर आफूहरूलाई पीडित बनाइएको गुनासो गरे।

सरकारले मिटरब्याजपीडितसँग गरेको सहमतिको आधारमा लेनदेनसम्बन्धी लिखतलाई अवैध ठहर गर्ने निर्णय गरेको भन्दै समितिले त्यसप्रति आपत्ति जनाएको छ। आर्थिक संकटका बेला आवश्यक परेका व्यक्तिलाई सहयोगस्वरूप रकम उपलब्ध गराई प्रचलित कानुनअनुसार लिखित कागजात तयार गरेर गरिएको लेनदेनलाई एकतर्फी रूपमा अवैध ठहर गर्नु न्यायोचित नभएको समितिको दाबी छ।
समितिले ऋणी र लगानीकर्ता दुवै पक्षको कुरा सुनेर निष्पक्ष छानबिन गर्न, दोषीलाई मात्र कानुनी कारबाही गर्न र निर्दोष लगानीकर्तालाई अनावश्यक रूपमा प्रताडित नगर्न सरकारसँग माग गरेको छ।
आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत समितिले दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles