Tuesday, August 4, 2026

सशस्त्र प्रहरी बरैनियाको ईन्सपेकटर चौलागाईले संगठनको निर्देशन विपरीत घुमुवा परिचालन

ताजा / भरखरै प्राप्त

मधेशमा लामो समय देखि घुमुवा पौडेलको असुली आतंक
केपी यादव वीरगञ्ज । सीमा नाकाको क्षेत्रमा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल नै तस्करीको संरक्षणमा लागेको आरोप सार्वजनिक भएपछि बारा जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। सीमा सुरक्षाको जिम्मेवारी सम्हालेको सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनिया अन्तर्गत कार्यरत घुमुवा र तस्कर समूहबीच मिलेमतो भएको पाइएको हो।स्थानीय स्रोतका अनुसार सशस्त्र प्रहरी बल बरैनिया बाराको सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरीका घुमुवा र तस्करहरूसँग सेटिङ मिलाएर विभिन्न नाकाबाट तस्करी गराउने गरेको चर्चा व्यापक रूपमा फैलिएको छ। उक्त गतिविधिमा बिओपीका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक संतोष चौलागाईको समेत संलग्नता रहेको बताइएको छ।निरीक्षक चौलागाईले आफ्नै मातहतका केही प्रहरी कर्मचारीलाई ‘घुमुवा’का रूपमा परिचालन गर्दै तस्करीको लाइन खुल्ला गराउने र त्यसबापत रकम असुल्ने गरेका छन्। विशेषगरी सशस्त्र प्रहरी सहायक हवल्दार सुमन पौडेललाई घुमुवाको रूपमा परिचालन गरिएको बताइएको छ।


यिनै घुमुवा मार्फत जिल्लाका विभिन्न तस्कर समूहसँग समन्वय गरेर तस्करी गराउने र त्यसबापत नियमित रकम असुल्ने गरिएको आरोप छ। स्रोतका अनुसार ईन्सपेकटर चौलागाईको घुमुुवा पौडेल तस्करहरूसँग मिलेर ‘सुरक्षा’ उपलब्ध गराउँदै आएको भन्दै बदनाम हुँदै आएका छन्।
घुमुवा पटेल तस्कर समूहसँग नियमित सम्पर्कमा रहने, सुरक्षाकर्मीको गतिविधिबारे सूचना चुहाउने तथा तस्करीका लागि सुरक्षित बाटो खुला गराउने काममा संलग्न रहेका छन्। यिनै घुमुवा सेटिङमा बलिरामपुर, मुशहार्वा र छातवा नाकाबाट करोडौँ रुपैयाँ बराबरको राजस्व छलि भइरहेको छ।यता, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले घुमुवा परिचालन नगर्न निर्देशन दिएको भए पनि बाराको बरैनियामा भने त्यसको विपरीत गतिविधि भइरहेको आरोप छ।निरीक्षक चौलागाईको नेतृत्वमा घुमुवा परिचालन गरी तस्करीलाई संरक्षण दिएको भन्दै प्रहरी संगठनभित्रै समेत असन्तुष्टि बढ्दै गएको स्रोत बताउँछन्।
यी नाकाहरू प्रयोग गरेर कपडा, औषधि, काजु, प्याज लगायतका दैनिक उपभोग्य सामग्री नेपाल भित्र्याइने गरेको छ। यस्तै किराना सामान, हार्डवेयर, मोबाइल तथा मोबाइल पार्ट्स, कम्प्युटर पार्ट्स र कबाडको नाममा विभिन्न सामानको अवैध आयात हुने गरेको आरोप छ।
यसका साथै ट्याक्टर प्रयोग गरेर चिनी तथा कुखुराको चल्ला लगायतका कृषि तथा पशुपन्छीजन्य सामग्रीको समेत तस्करी हुने गरेको बताइएको छ।स्रोतका अनुसार घुमुवाले विभिन्न तस्कर समूहबाट रकम उठाएरल तस्करीको लाइन खुल्ला गराउने गरेको आरोप छ। सुमन पौडेलले बरैनियाको बिओपीको हाकिम देखि एसपी र डिआईजी सम्नको नाममा समेत केही तस्करहरूसँगबाट हजारौँ रुपैयाँ उठाएर तस्करी सञ्चालन गराएको समेत दाबी गरिएको छ।सहायक हवल्दार पौडेल यश अघि पनि रौतहटको घुमुवा बसेका थिए।लामो समय देखि मधेसको विभिन्न नाकाहरुमा घुमुवा बस्दै आएको पौडेलको व्यापारी र हाकिम संग छिटै समन्वय गर्न सजिलो रहेकोले उनीलाई नै घुमुवाको रुपमा परिचालन गरेको बताएको छ।यसरी सीमा सुरक्षाको जिम्मेवारी पाएको निकाय नै तस्करीसँग जोडिएको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ।यश बिषयमा बुझनको लागि सशस्त्र प्रहरी बल १२नम्बर गणका गणपती लाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles