
वीरगञ्जमा ४८ लाखभन्दा बढीको खुद्रा तथा कपडा बोकेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएका छन् ।
पर्साका वीरगञ्जमा ४८ लाखको बराबरको बिलबिजक भन्दा फरक रहेको कपडा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–०८, घण्टाघर चोकमा ना.३ ख ७९१० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएका छन ।
उक्त ट्रकमा रहेको बिल विजकभन्दा बढी मूल्यको खुद्रा तथा कपडाका सामान काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रकमा करिब ४८ लाख ५६ हजार ४ सय ३१ रुपैयाँ बराबरको मालसामान रहेको र यसबारे थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा
बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।