
आज, सोमबार, मंसिर ३ /२०८१/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान
गरेका छन् ।
ढुंगानालाई श्रद्धाञ्जली दिन
आज उनको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण
पुगेर प्रधानमन्त्री ओलीले
झण्डा र पुष्पगुच्छाबाट
सम्मान गरेका हो ।
काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरुका सहभागी थिएयो।
मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।