
गरिबको दु:ख बुझ्ने यो संसारमा को होला
भोकले सताउदा खानलाई नपाएर कति दिन बिते होला
बिरामी भएर थला परेको छ
उसको कहानी बुझ्ने यो दुनियाँमा को छ ,
भोक र रोगले जिन्दगी सारा बितेछ
पैशा नहुदाको पिडा उसलाई थाहा छ,
उपचारको अभावमा काल कुरेर बसेको छ,
कसलाई कुनै प्रवाह छैन गरिबीले मर्दै छ,
उपचार गर्न उ सँग पैसा छैन
गरीबीमा हुर्केकोले यो दुनियाँमा उसको कोहि छैन
आफ्नो पिडामा आफै छटपटाउछ,
गरिबीले होला अनेकौं दु:ख भोग्छ,
गरिबको दु:ख बुझ्ने यो संसारमा को होला
भोकले सताउदा खानलाई नपाएर कति दिन बिते होला
लेखक : गोबिन्द राज ओझा (राजन )