
प्रहरीले ललितपुरको विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गर्ने समूहका दुई सदस्यलाई पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर
भएका २९ वर्षीय भोबहादुर थलाल छन् ।उनीहरुलाई जिल्ला
प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा ल्यापटप चोरी भएको भन्दै
प्रहरीमा उजुरी परेको
थियो ।
उनीहरुले कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति रहेको ललितपुर प्रहरीले जनाएको छ ।त्यसैगरी थलालविरुद्ध यसअघि काठमाडौंबाट १ पटक चोरीको कसुरमा
मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ ।
उनीहरूबाट २६ थान चोरीका ल्यापटप प्रहरीले बरामद गरेको छ ।