Monday, June 30, 2025

पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकले लगाए फुली ;

ताजा / भरखरै प्राप्त

प्राविधिक प्रहरी उपरीक्षकबाट पदोन्नति भएका ५ जनालाई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आईजीपी वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा.केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।यसैगरी समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा ।
केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट
ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles