Sunday, June 29, 2025

नेपाल प्रिमियर लिंग (NPL) पहिलो संस्करणको उपाधि विजेता जनकपुरमा

ताजा / भरखरै प्राप्त

धनुषाधामको जनकपुर आइपुगेका खेलाडीहरुले मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका छन् ।
जसअन्तर्गत जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो ।

रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट बिहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक,
जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।

नगरपरिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीहरूलगायतको सहभागिता रहेको थियो ।

यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles