Monday, May 19, 2025

लागुऔषध सेवनगरी सवारी साधन चलाउने ३ जना पक्राउ:

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ११ थानाभर्‍याङ स्थित
पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र CMC चुरेहिल अस्पताल हेटौडाबाट खटिएको प्राविधिक टोली समेतको सहकार्यमा सवारी दुर्घटना तथा क्षती न्युनिकरणको लागी सवारी साधनहरु रोकी चालकहरुको ड्रक्स टेस्ट किटबाट स्वास्थ्य परिक्षण गर्ने क्रममा ना. ६ ख ३१२४ नं. को ट्रक चालक जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ०७ बस्ने वर्ष ३१ को अनराज कार्की, ना. ६ ख. १७२९ नं. को ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०८ बस्ने वर्ष ३२ को बिक्रम थापा र ना ४ ख ५१११ नं. को ट्याङ्कर चालक जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ०९ बस्ने वर्ष ३१ को अशोक थोकर समेतले लागु पदार्थ सेवन गरेको पाईएको हुदाँ निजहरु अनराज कार्की, बिक्रम थापा र अशोक थोकरलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles