जनताका लागि विश्वासिलो संगठन प्रहरी नै हो,
आईजीपी कुँवर
कोहलपुर। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी आमजनताका लागि विश्वासिलो र भरोसायोग्य संगठन
भएको बताएका छन् ।
नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको उद्घाटन गर्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।
आईजीपी कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको बताए ।
आज उद्घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको आईजीपी कुँवरले बताए ।
यसले नेपाल प्रहरी तथा आमनागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ती गराउने विश्वास ब्यक्त गरे ।
आईजीपी कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रीत रहेको बताए ।आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न आईजीपी कुँवरले निर्देशनसमेत दिए ।नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड २७ लाख ६४ हजार ७ सय रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।नव जनप्रहार साभार ।