Tuesday, July 1, 2025

पर्सा प्रहरीद्वारा अवैध गाँजा र अफिम बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा र अफिमसहित एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका बहुदरमाई नगरपालिका –६, भौरा टारका ३३ वर्षीय अममीका प्रसाद साह रहेको पर्साका प्रहरीले बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, पशुको गोढ घरमा खानतलासी गर्दा १३ किलो गाँजा, ७२.ग्राम अफिम जस्तो देखिने लागुपदार्थ बरामद गरिएको हो । डीएसपी
लम्सालका अनुसार, विशेष सूचनाको आधारमा प्रहरीको टोली खटिएर गएको पशुबसने गोढको घरमा छापा मार्दा लागूऔषध फेला
परेको हो । गाँजा र अफिमसहित पक्राउ परेका साहलाई र लागूऔषध नियन्त्रणलि ऐनअन्तर्गत मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको पर्साका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles