नवलपरासीको सशस्त्र प्रहरीले तीन जना भारतिय नागरिकलाई अवैध लागु औषधसहित पक्राउ गरेका छन् । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित दुर्गा मन्दिर चोकबाट सशस्त्र प्रहरीले लागू औषधसहित तीन जना भारतिय नागरिकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले बताएको छ । पक्राउ पर्नेमा भारत निवासी ४५ वर्षीय अमरजित हर्जन, २५ वर्षीय कपिलदेव सहनी, र २१ वर्षीय दिलीप गौतम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।