Monday, June 30, 2025

आज‘विश्व प्रेस स्वतन्त्रता दिवस’ प्रभातफेरी:-

ताजा / भरखरै प्राप्त

नेपाल पत्रकार महासंघ पर्सा द्धारा ‘विश्व प्रेस स्वतन्त्रता दिवसको’ अवसरमा प्रभातफेरी” दिवस मनाइएको छ । प्रेस स्वतन्त्रताको बलियो जग र पत्रकारिता तथा पत्रकारहरुको हक हित अधिकार सुनिश्चितताका लागि हरेक वर्ष में ३ तारिखको विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । पत्रकारको काम गर्ने क्रममा हिंसामा परेका र ज्यान गुमाएका पत्रकारहरूको विगत झैं वर्तमान र भविष्य नहोस् भन्ने पनि दिवसको अर्को संदेश भएको बताइएको छ । सन् १९९१ मा युनेस्कोमा भएको साधारण सम्मेलनको २६ औंं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो । सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिविम्बका रूपमा पनि यो दिवस मनाउने गरिन्छ ।
बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles