Sunday, August 17, 2025

भन्सार छली गरेको ३० टन चिनी प्रहरीद्वारा बरामद:-

ताजा / भरखरै प्राप्त

नवलपरासीमा भन्सार छली गरेको ३० टन चिनी प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नेपाल ल्याइएको चिनी हिजो आइतबार सरावल गाउँपालिका – ६ मधवलियाबाट बरामद गरिएको हो प्रहरीले जनाएको छ ।
लु १ झ ३३३६ नम्बरको पिकअप भ्यानमा ल्याउँदै गर्दा ३ हजार ५ सय केजी चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले बताएका छन् । चालक जितेन्द्र कोहारलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बरामद भएको चिनी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles