Saturday, June 13, 2026

पर्सा प्रहरीद्वारा ६७ कार्टुन अवैध स्याउसहित तीनजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले ६७ कार्टुन अवैध स्याउसहित तीन जनालाई नियन्त्रणमा लिएको छ, र साढे तीन लाखभन्दा बढी मूल्यको माल बरामद गरेको पर्सा प्रहरीले बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा गरेको कारबाहीमा ६७ कार्टुन अवैध स्याउसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पर्सा प्रहरीका अनुसार जेठ २८ गते बिहान करिब ९ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलमुनिको बाटो हुँदै जाँदै गरेको बी.म.न.पा. १ ह १–०७९६ नम्बरको अटो रिक्सा रोकी जाँच गर्दा उक्त रिक्सामा भन्सार छली गरी बिलबिजकबिनाका ८ कार्टुन स्याउ फेला परेको थियो।
सोधपुछका क्रममा उक्त स्याउ वीरगञ्ज महानगरपालिका–८ स्थित गहवा क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिएको गोदामबाट ल्याइएको खुल्न आएको प्रहरीले बताउँछन् । र त्यसपछि प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी उक्त गोदाममा खानतलासी गर्दा थप ५९ कार्टुन स्याउ बरामद गरेको थियो।
बरामद गरिएका जम्मा ६७ कार्टुन स्याउको अनुमानित मूल्य रु. ३ लाख ७५ हजार २०० रहेको प्रहरीको भनाईं रहेको छ । घटनामा संलग्न रहेका आरोपमा प्रहरीले गोदाम सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१४ निवासी २९ वर्षीय धनञ्जय प्रसाद कलवार (गोदाम सञ्चालक), सोही वडाका २० वर्षीय अमन कटमार पासवान (सहयोगी) तथा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १९ वर्षीय इब्राहिम आलम (अटो रिक्सा चालक) रहेका छन् । बरामद स्याउ तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले भन्सार छली गरी अवैध रूपमा आयात तथा ओसारपसार गरिने वस्तुविरुद्ध निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles