Sunday, June 29, 2025

सशस्त्र प्रहरी बाराद्वार ३९ लाख १२ हजारको अवैध समान बरामद:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट आज जेठ ३१ गते, नं. १२ गण बाराले ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोवाईलको पार्ट्सहरु बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

सशस्त्र प्रहरी नयाव महानिरिक्षक (डिआइजी) कृष्ण ढकालद्वारा सशस्त्रका युनिटहरुलाई कडाइसाथ अवैध चोरी निकासी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल न. १२ गण हे क्वा बाराले एउटै साइकलबाट ३९ लाख १२ हजारको अवैध समान बरामद गरेका छन् । सशस्त्र प्रहरीले विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल न. १२ गण हे क्वा बाराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनराज बिष्टको कमाण्ड खटिएको टोलिले बाराका विश्रामपुर गाउँपालिका वडा न. ३ डम्पिङ्ग साइट नजिकबाट भारतबाट अबैधरुपमा साईकलको प्रयोग गरी नेपाल तर्फ आउँदै गरेको ब्याक्तीले सशस्त्र प्रहरीका टोलिलाइ देख्न साथ साइकल छाडी फरार भएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

सशस्त्र प्रहरीको टोलिले साइकल र साइकलमा रहेको समानहरु नियन्त्रण लिइ उक्त समान हेर्दा Airpod Pro र टेम्पर ग्लास १६० पिस रहेको छ, उक्त समानको भन्सा मुल्यांकन ३९ लाख १२ हजार गरिएको र आवस्यक कार्वाहीको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल न. १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसिले जानकारी दिएनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles