Wednesday, June 3, 2026

छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारी तस्करी बिरुद्ध कडा प्रहार तस्करीका समान लाखौंको बरामद । सशस्त्र प्रहरी बल नेपाल बिरगंज भन्सार गुल्मका डीएसपी विकास अधिकारीले बिरगञको छपकैयाबाट पाँच लाखभन्दा बढीको अवैध सामान बरामदको अधिकारीले जनाएकछन् ।
सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रणमा,सशस्त्र प्रहरी गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तस्करहरूविरुद्ध कडाइ गरेका छन् ।
लामो समय देखि रोकिएको तस्करी संचालनमा आएको सशस्त्र प्रहरीले निगरानी बढाएकोमा उक्त समान फेला परेको छ। पछिल्लो समय पर्सामा रोकिएको तस्करी पुनः संचालनमा आए पछि डीएसपी अधिकाले निगरानी बढाएका थिए ” छपकैया क्षेत्रमा भइरहेको तस्करीका निरन्तर निगरानी र अपरेशनका कारण तस्करी नियन्त्रणमा सफलता प्राप्त भइरहेको जनाइएको छ ।


सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रमा डीएसपी अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार ना २ ह ३५२० नम्बरको ई–रिक्सामा लुकाइछिपाइ ल्याइँदै गरेको अवस्थामा करिब ३० हजार रुपैयाँ बराबरको यूपीभीसी (UPVC) पाइप बरामद गरेको हो, प्रहरीले रोकेर जाँच गर्न खोज्दा चालक तथा संलग्न व्यक्ति ई–रिक्सा छाडेर फरार भएका छन् । बरामद गरिएको समान ४ लाख रु मूल्य बराबरको ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
सोही दिन वीरगञ्ज–१६ भन्सार मेनगेट नजिकै सशस्त्र प्रहरी टोलीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको चेकजाँचका क्रममा विभिन्न सवारी साधनमार्फत भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको १ लाख १७ हजार ८ सय रुपैयाँ बराबरका कम्प्युटर पार्ट्स, मोबाइल डिस्प्ले, जुत्ता तथा पुरुषहरूले प्रयोग गर्ने पर्सहरू बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles