Thursday, October 16, 2025

मनकामना माध्यमिक विद्यालयमा ५००,लाई हैजाविरुद्ध खोप खुवाइयो:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका वीरगंज महानगरपालिकाले हैजा फैलिन नदिनका लागि सञ्चालन गरेको खोप अभियान अन्तर्गत मनकामना माध्यमिक विद्यालय, भगवती टोलमा मंगलबार करिब ५०० जनालाई हैजाविरुद्धको खोप खुवाइएको छ।
महानगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा र मनकामना माध्यमिक विद्यालयको सहकार्यमा सम्पन्न उक्त खोप अभियानमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालय प्रशासनले जनाएको छ।
खोप कार्यक्रमका क्रममा स्वास्थ्यकर्मीहरूले हैजा रोग, त्यसको कारण, लक्षण र बच्ने उपायसम्बन्धी जनचेतनामूलक सन्देश पनि दिएका थिए। साथै विद्यालय परिसरमा सरसफाइ र स्वच्छ खानेपानीको प्रयोगमा जोड दिइएको थियो।
महानगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिहरूले हैजाको संक्रमणबाट बच्न नियमित हात धुने, उमालेको वा फिल्टर गरिएको पानी पिउने र खुला स्थानमा फोहर नगर्ने जस्ता व्यवहारिक सुधार अत्यावश्यक भएको बताएका छन्।
वीरगंज महानगरपालिकाले सहरका सबै अस्पताल, स्वास्थ्य चौकी र विद्यालयहरूमा चरणबद्ध रूपमा हैजाविरुद्ध खोप अभियान सञ्चालन गर्दै जनचेतनामूलक कार्यक्रमहरू निरन्तर जारी राखेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles