शुभ दीपावलीको पावन अवसरमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता मेघराज उपाध्याय क्रिकेट मैदान, मदुवाहामा सुरु भएको जनाइएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहेको थिए । उपाध्यक्षले फिता काटी तथा ब्याटिङ गरी खेलको औपचारिक शुभारम्भ गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै उप–प्रमुख आलमले खेलप्रति देखाइएको स्थानीय उत्साहप्रति प्रशंसा व्यक्त गरका छन् ।
क्रिकेट खेलले मानिसलाई शारीरिक र मानसिक रूपमा सशक्त बनाउँछ। अहिले नेपालले टि–२० विश्व छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ, जुन हाम्रो लागि गौरवको विषय हो।”
जगरनाथपुरका युवाहरूमा देखिएको उत्साह र लगावले भविष्यमा यहींका खेलाडीहरूलाई राष्ट्रिय टोलीमा देख्ने मेरो चाहना रहेको उप-प्रमुख बताएका छन् । सबै टोलीलाई निष्पक्ष खेल, सफलता र जितको लागि शुभकामना व्यक्त गर्दछु।”
कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएका थिए । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, गाउँपालिकाकी उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू, तथा स्थानीय जनप्रतिनिधिहरु, खेलप्रेमी सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका टोल–टोलका टिमबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको जनाइएको छ।
खेल सफल बनाउन स्थानीय युवा, खेलप्रेमी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको आयोजक समितिले जनाएका छन् ।