Wednesday, November 5, 2025

उमा प्रसाद चतुर्बेदीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालयका कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको निरीक्षण गर्नु भई यस् कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू, कार्यालय परिसर, कार्यालयमा मौज्दाज रहेको विपद् उद्धार सामग्रीहरू, फायरिङ्ग सिमुलेशन, विपद् उद्वार सम्बन्धी स्टल तथा कार्यालयको प्रशासनिक रेकर्डहरूको समेत निरीक्षण गर्नु भई समसामयिक विषयमा आवश्यक निर्देशन दिनु भएको छ ।
निरीक्षण तथा निर्देशनका क्रममा प्रहरी अतिरिक्ति महानिरीक्षकले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरू विपद्को समयमा जोखिम तथा उद्वारको कार्यमा आफुले प्राप्त गरेको ज्ञान, सिप र उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी नागरिकहरुलाई सेवा पुऱ्याउनका साथै स्वत: स्फूर्त रुपमा अनुशासित भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन दिएको छन् । कार्यक्रमको अन्तमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)सन्तोष कुमार भट्टराईले धन्यवाद ज्ञापन गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles