Thursday, November 27, 2025

बिरगंज नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीद्वारा सम्मानित:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्जस्थित नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१, ०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको आधारमा प्रधानमन्त्रीद्वारा सम्मानित भएको छ ।

मेडिकल कलेजले प्रदेशका आठवटै जिल्लामा प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाइएको हो।

आज बिहीबार काठमाडौं सिंहदरबारमा सम्पन्न ‘८औँ सामाजिक सुरक्षा दिवस’ का अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरेकी छिन् ।

नेशनल मेडिकल कलेज पर्सा वीरगञ्जका प्रेस सल्लाहकार आसिक अन्सारीका अनुसार, सामाजिक सुरक्षा कोषद्वारा कलेजलाई यसअघि आर्थिक वर्ष २०८०/०८१ मा पनि उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्थाको रूपमा सम्मान गरिएको थियो। लगातार दोस्रो वर्ष उत्कृष्टताको पहिचान पाउनु कलेजको सेवा, समर्पण र स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रमाण भएको अन्सारीले बताएका छन् ।

यस सम्मानले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनमा नेशनल मेडिकल कलेजको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles