Thursday, November 27, 2025

दुईवटा पेस्तोल र एउटा म्यागजिनसहित प्रहरीद्वारा तीन जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

भदौ २४ गते काठमाडौंका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको टोलीले दुई वटा पेस्तोल र एउटा म्यागजिनसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र बागलुङका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् ।


पक्राउ परेका निकेश विकविरूद्ध २०८१ माघ ११ गते केन्द्रीय अनुसन्धान ब्युरोमा मुद्दा दर्ता भएको खुलेको छ। उनीमाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा फरार प्रतिवादी रहेको देखिएको हो । त्यस्तै २०८१ भदौ ५ गते इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा पनि चोरी मुद्दा रहेको छ । जसमा उनी फरार नै देखिएका छन् ।
उनी र सुरजले मंसिर ५ गते राति २ बजेतिर काठमाडौंको बागबजारमा भोज फुड डेलिभरी गर्ने निरज चौधरीलाई पेस्तोल देखाएर धम्क्याएका थिए। त्यस्तै चौधरीलाई लुटपाट समेत गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles