


कास्कीको पोखरामा लैंगिक हिंसाको अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजना र कोपिला नेपाल पोखराको सहकार्यमा सुरक्षाकर्मी महिलाहरुका लागि लैंगिक हिंसा र मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)तुल बहादुर कार्कीले प्रहरी संगठनको गौरव कायम रहनुमा महिला प्रहरीको विशेष योगदान रहेको बताउदै महिला प्रहरी कर्मचारीको कुनै गुनासो भएमा विशेष प्राथमिकतामा राखी सम्बोधन गरिने विश्वास व्यक्त गर्नुभएका छन् ।उक्त कार्यक्रमा कोपिला नेपाल पोखराकी अध्यक्ष विना सिलवालले पछिल्लो समय लैंगिक हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले यो अभियान सुरु भईरहेको बताउनुभएको छ । कार्यक्रममा बोल्नुहुदै अध्यक्षले महिला प्रहरीहरुले डियुटी वा अन्य समयमा भोग्नुपरेका समस्याहरुको बारेमा सम्बोधन गर्दै आगामी दिनमा महिला विरुद्दका अपराधहरु शून्य बनाउन सरोकारवाला सवै निकायहरु एक हुनुपर्नेमा जोड दिनुभएका छन् ।


