काठमाडौंको दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको जनाइएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेकाे बताइएको छ ।
दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएका छन् ।


