Thursday, June 11, 2026

सुन-चाँदी लुकाएर उजुरी दिने सुनपसलका सञ्चालाक दिपक पक्राउ

ताजा / भरखरै प्राप्त

एक करोड ४७ लाखको सुन–चाँदी आफैं लुकाएर‘चोरी भयो’भन्दै प्रहरीमा उजुरी दिने सुन पसलका सञ्चालक दिपक प्रहरीद्वारा पक्राउ।रुपन्देही – बुटवल–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको करोडौँको चोरी प्रकरणमा चकित पार्ने तथ्य खुलेको छ। पसलका सञ्चालक र कर्मचारीले नै योजनाबद्ध रूपमा चोरीको नाटक रचेको खुलेको छ ।प्रहरीका अनुसार पसल सञ्चालक दिपक बि.क. र कामदार नविन बि.क. ले प्रहरीलाई चोरले सटरको साँचो तोडेर भित्र प्रवेश गरी सेफ फुटाएर करिब रु १ करोड ४७ लाख बराबरका सुनचाँदीका गरगहना चोरी गरेको भन्दै निवेदन दिएका थिए” तर घटनाको सूक्ष्म अनुसन्धानका क्रममा उक्त चोरी वास्तविक नभई बिमाको रकम खानको लागि योजनाबद्ध रूपमा रचिएको नाटक भएको खुल्यो । प्रहरीले सञ्चालक दिपकको घरबाट ५ तोला ४.१ लाल सुन र १४ केजी ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरेको छ।

बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको करोडौँ रुपैयाँ बराबरको चोरीको घटना अन्ततः झूटो नाटक भएको खुलेको छ। प्रहरीले गरेको विस्तृत अनुसन्धानपछि पसल सञ्चालक र उनका सहयोगीले नै बिमा रकम दाबी गर्न तथा अरूले राख्न दिएका सुनचाँदी र रकम फिर्ता नगर्ने उद्देश्यले चोरीको नाटक रचेको पुष्टि भएको हो।पसल सञ्चालक ४१ वर्षीय दीपक विकले जेठ १७ गते राति आफ्नो पसलबाट १ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए। उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवल, संघीय प्रहरी कार्यालय भैरहवा, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थालेको थियो, अनुसन्धानका क्रममा पसल सञ्चालक दीपक विक र उनका भान्जा तथा पसलका कामदार ४७ वर्षीय नवीन विकको संलग्नता देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर यादवका अनुसार बिमा रकम दाबी गर्ने तथा अन्य व्यक्तिले पसलमा राख्न दिएका सुन र नगद फिर्ता नगर्ने योजनाअन्तर्गत चोरीको नाटक रचिएको जनाइएका छन् ।

प्रहरीका अनुसार दीपक विक जेठ १६ गते पोखरा गएका थिए। तर, परिवार र अन्य कामदारलाई जानकारी नदिई सोही राति बुटवल फर्किएर नवीन विकसँग मिलेर पसलबाट सुनचाँदीका गरगहना र काँचो चाँदी निकालेका थिए । त्यसपछि उनी पुनः पोखरा फर्किएका थिए।जेठ १८ गते बुटवल फर्किएपछि उनले आफू पोखरामा रहेका बेला पसलको ताला फोडेर करिब ८० तोला सुन तथा चाँदी चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर, घटनास्थल वरपर तथा विभिन्न स्थानका सीसीटीभी फुटेजको विश्लेषण गर्दा उनी स्वयं राति पसलमा पुगेको र सामान लिएर फर्किएको तथ्य फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार सीसीटीभी फुटेजले घटनाको वास्तविकता उजागर गरेको बताएका छन् । प्रहरीले दीपक विकको घरबाट साढे ५ तोला सुनका गरगहना र १४ किलो चाँदी समेत बरामद गरेको छ।हाल दीपक विक र नवीन विकलाई पक्राउ गरी आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बुटवल प्रहरीले जनाएको छ।यसैबीच, प्रहरीले बुटवल–५ स्थित देव सुनचाँदी पसलको ताला काट्दै गरेको अवस्थामा सात जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। उनीहरूमाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।त्यसैगरी, जेठ ४ गते बुटवल–८ सुख्खानगरस्थित एक घरबाट नगद तथा सुनचाँदी चोरी गरेको आरोपमा कपिलवस्तु नगरपालिका–२ का २७ वर्षीय शिव ओम थारूलाई समेतलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles