Thursday, June 11, 2026

नेपाल प्रहरीका प्रहरी निरीक्षक ५०९ इन्स्पेक्टरको सरुवा।

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले संगठनभित्र ठूलो स्तरको जिम्मेवारी हेरफेर गर्दै एकैपटक ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तथा काज गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार जारी गरेको निर्णयअनुसार जनपद प्रहरी समूहका ५०९ इन्स्पेक्टरलाई देशभरका विभिन्न प्रहरी इकाइ, इलाका प्रहरी कार्यालय, ट्राफिक कार्यालय, प्रहरी प्रभाग तथा प्रधान कार्यालयअन्तर्गतका विभागहरूमा नयाँ जिम्मेवारीसहित खटाइएको हो।

विभागका अनुसार सरुवा भएका प्रहरी निरीक्षकहरूले २०८३ साल असार महिनादेखिको तलब, भत्ता तथा अन्य सेवा–सुविधा नयाँ दरबन्दीबाट प्राप्त गर्नेछन्।सरुवा सूचीमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन, अनुसन्धान तथा प्रशासनिक निकायहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी व्यापक रूपमा फेरबदल गरिएको छ ।प्रहरी संगठनभित्र कार्यसम्पादन, आवश्यकता तथा नियमित प्रशासनिक प्रक्रियाअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles