जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख एसपी पवन भट्टराईले मातहतको इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ।

पर्सा जिल्लाको सुरक्षा कमान्ड सम्हालेलगत्तै उहाँले सीमावर्ती क्षेत्रमा रहेको प्रहरी कार्यालयको स्थलगत निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई व्यवसायिक र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको हो।

सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, चोरी-पैठारी तथा तस्करी नियन्त्रणमा शून्य सहनशीलता (Zero Tolerance) अपनाउन र कडा निगरानी राख्न निर्देशन दिनुभयो।


