Friday, August 15, 2025

काठमाडौं, २६ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइविरुद्ध ‘युद्ध अपराध’को सम्बन्धीको रिट निवेदन दरपिट गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ । रिट दर्ता गर्न आदेश दिएकाे छ ।

ताजा / भरखरै प्राप्त

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेदन दरपीठ (दर्ता अस्वीकार) गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको रिट निवेदकले बताएका छन् । योसँगै ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो । आइतबारसम्ममा रिट निवेदन दिने तयारी गरेकाे छ ।

२०५२ फागुन १ बाट सुरु भएको द्वन्द्व २०६३ मंसिर ५ मा तत्कालीन सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएपछि यूएनको मिसन टोलीले माओवादीका थुप्रै ‘जनसेना’ सेना बन्न योग्यता नपुगेको ठहर गरेको थियो । त्यसपछि उनीहरु (बाल सैन्य)लाई ‘अयोग्य’ देखाई क्याम्पमा नराखी बाहिर पठाइएको थियो । त्यसपछि उनीहरु आफूहरुमाथि लागेको ‘अयोग्य’ बिल्ला हटाउनुपर्ने र क्षतिपूर्तिसहित न्याय दिनुपर्ने लगायत माग राखेर संघर्षरत छन् ।

प्रचण्ड र बाबुराम माओवादी विद्राेहका बेला नेतृत्व तहमा थिए ।

Previous article
Next article
स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमाकाठमाडौं। बाँकेमा स्रोत नखुलेको १४ लाख भन्दा बढी रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय रुपैयाँसहित उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा डुडुवा गाउँपालिका-४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्ता रहेका छन् ।भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको प्रहरीले बताएको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles