Monday, May 4, 2026

तालिम गरिरहेका सशस्त्र प्रहरी जवानको मृत्यु:-

ताजा / भरखरै प्राप्त

कैलाली जिल्लामा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको उप-चारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दु!ख्न थालेपछि महतालाई उप*चारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उप-चार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो । उप-चारकै क्रममा बिहान साढे ४ बजे उनी बेहोस् भएको सशस्त्र प्रहरीको बडिमालिका शिक्षालयले जनाएको छ । चिकित्सकले सवा ५ बजेतिर मात्रै महतालाई मृत घोषणा गरेका थिए ।
दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका उनी फागुनदेखि सशस्त्र प्रहरीको बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जावनका रुपमा तालिम गरिरहेका थिए । स्वस्थ अवस्थामा महता एक्कासी बिरामी परेका सशस्त्र प्रहरीले जनाएको छ ।
अहिले दार्चुलाबाट उनको बुवा आइरहेका छन् । बुुवा पुगेपछि मात्र शव परीक्षण लगायतको प्रक्रिया अघि बढाइनेछ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको सशस्त्र प्रहरी कैलालीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles