Monday, May 19, 2025

बारामा १६८ किलो गाँजा बरामद -:

ताजा / भरखरै प्राप्त

बारा । बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद भएको छ।कोल्हवी नगरपालिका-५, सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो।
स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ। यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाइ छ।

Previous article
टेम्पर ग्लास बरामदबारा । सशस्त्र प्रहरी बल, नेपाल बाराद्धारा न्युन बिल बिजक भएको ८ लाख बराबरको मोबाईलमा लगाउने टेम्पर ग्लास बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा मातहत स.प्र.बल,नेपाल विपद व्यवस्थापन बेश निजगढबाट २१ गते खटिएको टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बारा निजगढ न.पा.-८ स्थित पूर्व-पश्चिम राजमार्गको बकैया पुल ईलाकामा सम्सी महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.5ख.४७६७ नम्बरको यात्रु बाहक बसमा न्युन विल बिजक भएको अ.मुल्य ८ लाख बराबरको मोबाईलको PVC Temper Glass १६ कार्टुन (१६ हजार पिस) बरामद गरी आवश्यकब कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
Next article
उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तकोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री भएका छन् । बिहीबार सभामुखसहित ४७ सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख खापुङद्वारा जारी नियुक्ति पत्रमा उल्लेख छ ।थापालाई माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीको साथ रहेको थियो । थापाले कांग्रेसका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको पनि समर्थन रहेको दावी पत्रमा उल्लेख गरेका थिए ।तर, सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन असंवैधानिक हुने भन्दै एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles