Friday, August 15, 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका सिफारिसबिना सरकारी जग्गामा बनाइएका कुनै पनि भौतिक संरचनाको नक्सा पास नगर्ने बताएका छन् ।

ताजा / भरखरै प्राप्त

‘कानून प्रतिकूल सरकारी जग्गा लिजमा दिनेलिने कार्यको रोकथाम सम्बन्धमा’ शीर्षकमा बिहीबार सूचना जारी गर्दै मेयर बालेनले सरकारी जग्गामा कीर्ते गरी लिजमा दिएर आर्थिक लेनदेन गरेको भन्दै महानगरको ध्यानाकर्षण भएको बताएका छन् ।

महानगरको उच्च प्राथमिकतामा जग्गाको संरक्षण सम्बन्धी काम कारबाहीलाई राखिएको उनले सामाजिक संजालमा लेखेका छन् । महानगरपालिकाको स्वीकृति बिना लिजमा लिइएको त्यस्ता संरचना स्वीकृत नहुने पनि स्पषट पारेका छन् ।

महानगरले बालुवाटारस्थित सरकार जग्गा ललिता निवासमा बनेका अस्थायी संरचना हटाउन ७ दिनको समयसीमा दिइसकेको छ ।

स्थानीय तह
काठमाडाैं महानगर

Previous article
महोत्तरी । प्रहरीको काम शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने हो । तर महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबी बैंक लुटपाट भएको एक महिनासम्म पनि प्रहरीले लुटपाटमा संलग्न दोषी फेला पार्न सकेको छैन । महोत्तरी गाउँपालिका २ मा रहेको एनएनबी बैंकको शाखा कार्यालयमा गएको जेठ १६ गते दिउँसो १२ बजे ३५ लाख रुपैयाँ लुटपाट भएको थियो । लुटपाट भएको एक महिनासम्म भए पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रमुख एसपी प्रकाश मल्ल ध्यान शान्तिसुरक्षामा भन्दा पनि कमाउ धन्दातिर बढी केन्द्रित हुने गरेको आरोप छ । बैंक लुटपाट भएको एक महिनासम्म पनि त्यसमा संलग्न दोषीहरु फेलापर्न नसक्ने एसपी मल्लले महोत्तरीका सीमाक्षेत्रमा सुरक्षा गर्नका लागि तीन जना घुुमवा परिचालन गरेका छन् ,!
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles