Sunday, June 29, 2025

नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले गृहमन्त्री हुँदा सुन तस्करीमा संलग्न रहेको अरोप लगाएर चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा साक्षत्कारका लागि आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले सुन तस्करीमा संलग्नता रहेको तथ्य प्रमाणसहित ल्याएर आफूलाई जेल हाल्न चुनौति दिए ।

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले एक अन्तरवार्तामा सुन तस्करीमा पञ्चायती कालमा दरबार संलग्न रहेको र त्यसपछि गिरिजादेखि वामदेवसम्म कोही पनि अछुतो नरहेको बताएका थिए । सोही प्रसंगलाई जोड्दै उनले भने, ‘तस्करी भएको हो भने प्रमाण ल्याउन पर्यो । प्रमाणित गर्न पर्यो । उहाँले जे बोल्नु भएको छ, सबैभन्दा पहिले त्यसबेलाको मेरो सचिव, आईजिपी, त्यसबेलाका अनुधसन्धान प्रमुखहरु संलग्न छन् । उहाँ प्रहरी हो, प्रमाण ल्याउनुस ।’

गौतमले भने, ध्रुबबहादुर प्रधान हटेपछि फेरि अच्युतकृष्ण खरेल आईजीपी भएर आउनु भएको थियो । उहाँले किन छानविन गर्नु भएन ? किन मलाई हत्कडी लगाएर जेल पठाउने काम गर्नुभएन ? रमेश खरेलले चरित्र हत्या गर्नेबाहेक अरु केही गर्नु भएको छैन । त्यसबेला रमेश खरेलले भन्दै हिँडेका थिए वामदेवलाई जहाँ भेटेपनि यो रिभल्बरले ठोकेर मार्छु । मैले बोकेर सुन ल्याउने अनि भन्सार कटाउने काम गरेको थिएँ ? अब वामदेवको पक्षमा कोही छैन भनेर बहुलाएर विरोध गरेर पत्यार लाग्ने हुन्छ ? बाहिर भन्दै हिड्ने होइन, तथ्य प्रमाणसहित अदालतमा जाउ, मलाई जेल हाल ।’

उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए । उनले थपे–‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्रीपनि प्रधानमन्त्रीपनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् । त्यसो भएर सुन आओस कि अरु कुनै विषय आउन् कि ? त्यसमा सिधै मन्त्री जोडिने अनि प्रधानमन्त्री जोडिने वा राष्ट्रपति जोडिने हुँदैन् ।’

सुन तस्करीको सवालमा उनले अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको उठाए । उनले भने,‘यो त सबभन्दा ठूलो विषय नेपाललाई होइन, कुन ठाउँबाट आयो यो ? यो हङकबाट आयो भनिएको छ । हङकङजत्तिको सुरक्षित ठाउँ अरु छैन् । त्यहाँबाट आयो । त्यो ठाउँमा तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भयो । यहाँपनि त्यो जालो रहेछ । यो जालो विभिन्न कालखण्डमा देखा परेको छ ।’

उनले तस्करीबाट आएको सुन नेपालमा केही मात्रामा खपत हुने गरेको भएपनि धेरै मात्रामा भने बाहिर जाने पनि टिप्पणी गरे । उनले भने,‘अब केही केही नेपाल खपत हुन्छ होला क्यारे । तर, मैले विचार गर्दा नेपालमा खपत हुने सुन त राष्ट्र बैंकले नै सबै व्यापारीहरुलाई दिएको देख्छु । तस्करी गरेर ल्याएको सुन नेपालका व्यवसायीहरुले आधारभूत रुपमा प्रयोग गर्दैनन् । यो बाहिर नै जान्छ ।’

गौतमले ललिता निवास प्रकरणमा गम्भीर अनुसन्धान भैरहेको बताए । उक्त प्रकरणबारे उनले भने–‘ठूला माछा किन पक्राउ परेनन् ? अब पक्राउ परेनन् त के भएर परेनन् ? जहाँबाट नेपाल प्रहरीको सिआईबी प्रवेश गरेको छ, त्यो ठाउँबाट प्रवेश गर्दा, बाटाघाटाहरु कहाँ कहाँसम्म पुगेका छन् ? त्यो बुटोबाट प्रवेश गरेको छ, त्यो एउटा ठूलो भ्रष्टाचारको बुटो छ भने तिनका जरा–कहाँ कहाँ पुगेको छ, त्यहीँ त्इहीँ जाउन् । त्यसरी पर्छन् भने साना माछा होईन, ठूला माछा अनि ठूला माछालाई पनि खाने गोही, हडियाल, घडियाल सबै आउँछन् ।’

नेकपा एकता

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles