Saturday, April 19, 2025

मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न कांग्रेसको माग

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ ।पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।

Previous article
साउन १० गते :- जिल्ला पर्साको बिरगंजमा समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र नेपाल राष्ट्रिय बिधापिठ माध्मिक विद्यालय पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ शाह दरवार होटल श्रीपुर स्थित नेपाल राष्ट्रिय विद्यापिठ माध्मिक विद्यालयका कक्षा ९,१० र ११ का छात्र-छात्राहरूलाई लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनिराम थापा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाही, महिला तथा वाल वालिका, जेष्ठ नागरिक सेवा केन्द्र पर्साका प्रहरी निरीक्षक मनिषा लौडारी,विभिन्न संघ संस्थाका प्रतिनिधी, सेवा केन्द्रका अध्यक्ष राम सर्राफ, संचारकर्मीहरू लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
Next article
नियन्त्रित लागूऔषधसहित पक्राउमोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभिन ५ सय ७६ ट्याब्लेट, निट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डिसी २ बोतलसहित सुनसरी धरान उपमहानगरपालिका-१८ बस्ने ३१ वर्षीय दिवस लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ६५४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनी लुकाई ल्याएको उक्त नियन्त्रित लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।सप्तरी, बोदेबर्साईन नगरपालिका-५ सत्रुध्न चौकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० पीससहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खडक नगरपालिका-४ पन्सेरा बस्ने २२ वर्षीय राजु चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् । प्र.२.०१-००२ प ९८५४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles