होटलबाट सञ्चालकसहित १० जुवाडे पक्राउकैलाली । कैलालीको धनगढी बसपार्कस्थित कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् ।मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देबवहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेका छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।