Sunday, June 29, 2025

२१ असोज, वीरगञ्ज । नेपाल सिएमए संघ पर्साको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष अध्यक्ष योगेन्द्र चौरसियाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै सिएमए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादले संगठनलाई मजबुत बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । पेशागत हकहित र सुरक्षाको लागि विगतमा भएका त्रुटीलाई बिर्सिएर सशक्त ढंगले अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाई छ ।

ताजा / भरखरै प्राप्त

साथै उनले संघमा अन्य सिएमएहरुलाई पनि आबद्ध गराई समिति बिस्तार गर्न पनि आग्रह गरेका छन् । नारायणी अस्पतालको सभा कक्षमा भएको कार्यक्रमका अवसरमा उनले तीन तहको सरकार बनेको करिब ७ वर्ष बित्दासमेत स्वास्थ्य सम्बन्धी स्पष्ट नीति नबनेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्पष्ट नीतिको अभावमा स्वास्थ्य सम्बन्धी कार्यहरुमा अन्यौलता कायम रहेको उनले बताए । देशको करिब ८० प्रतिशत स्वास्थ्य सेवा सिएमएहरुले नै धानेपनि सिएमएलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने आवश्यक्ता उनले औँल्याए ।

अधिवेशनले जितेन्द्र महतोको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हृदयनारायण महतो, सचिवमा राधेश्याम साह, कोषाध्यक्षमा राजेन्द्र साह, सहकोषाध्यक्षमा राजेश पटेल, सहसचिवमा एमडी रियाज अहमद, सदस्यहरू विश्वनाथ चौरसिया, राजेन्द्र यादव र सक्रुला अन्सारी चयन भएका छन् ।

केन्द्रीय सदस्य रामदयाल मण्डल, प्रदेश उपाध्यक्ष सुबास गुप्ता, सिएम संघका पूर्व अध्यक्ष सोनालाल चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

मधेश प्रदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles