प्रहरीले गत शुक्रबार पक्राउ गरेर आइतबार अदालतमा उनलाई उपस्थित गराएको हो । सोही क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई चारदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रूपैयाँ आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।
नेपाली चलचित्र
