Tuesday, July 1, 2025

राष्ट्रपतिले भीआईपीलाई एक र सर्वसाधारणलाई दुई घण्टा दसैंको टिका लगाइदिनेकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भीआईपी र सर्वसाधारणलाई गरी तीन घण्टा दसैंको टिका लगाइदिने भएका छन् ।राष्ट्रपतिले विजया दशमीको दिन अपरान्ह २ देखि ३ बजेसम्म उपप्रधानमन्त्री, मन्त्री, प्रदेशप्रमुख न्यायधीशलगायतका विशिष्ट व्यक्तिलाई टिका लगाउने भएका हुन् ।त्यस्तै सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म समय तोकिएको छ ।राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी टिका लगाउन आउँदा मर्यादित पोशाक लगाएर आउन आग्रह गरेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
एसीसी प्रिमियर कप :नेपाल सेमिफाइनलमा प्रवेशएसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।मलेसियाको यूएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश रेको हो ।नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलाले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो ।साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दुल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । उनले १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए । त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई-दुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक-एक विकेट लिए ।
Next article
शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिलकाठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।‘जति धेरै पेट्रोल भर्‍यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगLमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles